बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधानप्रतिको असन्तुष्टि हल गर्ने प्रयास हुनुपर्छः नेपाल

शनिबार, ०८ जेठ २०७३, १४ : ०९
शनिबार, ०८ जेठ २०७३

जनकपुरधाम – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा सबै दलको सहभागिताको राष्ट्रिय सरकारको निर्माणको आवश्यकतामा जोड दिएका छन् ।

जनकपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले कुरा कम, काम धेरै गर्ने पद्दतिको विकासतर्फ उन्मुख हुनु जरूरी रहेको बताए ।

सविधानप्रति असन्तुष्टि रहेकाहरुका लागि वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले संविधानप्रति असन्तुष्टि, द्विविधा र अविश्वासलाई हल गर्ने प्रयासको खाँचो औंल्याए । उनले जनतालाई पीडा, कष्ट दिने काम कुनै पनि पक्षबाट हुनु हुँदैन भन्दै नेपालमा भएका सबै जाति, समुदायले पराया नभएको अनुभूतिको वातावरण निर्माणतर्फ ध्यानाकर्षण गरे ।

पूर्वनेपालले २ नं प्रदेशमा विकासका प्रशस्त सम्भावना भएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले पहिलो चरणमा सप्तरीदेखि पर्सासम्म र दोस्रो चरणमा लुम्बिनीसम्म रेल सेवाको विस्तार, हुलाकी सडकको निर्माण, कृषि, तरकारी, पशुपालन र पर्यटनको विकासमा सबै जुट्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप