बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१५८ औँ हप्ताको वाग्मती सफाईः १० मेट्रिक टन फोहर व्यवस्थापन

शनिबार, ०८ जेठ २०७३, १४ : २०
शनिबार, ०८ जेठ २०७३

काठमाडौँ– वाग्मती सफाइको १५८ औँ हप्तामा आज बुद्धनगर पुल आसपासको वाग्मतीमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

शुक्रबारको वर्षाले वाग्मतीमा बाढी आई पानीको बहाब बढेकाले नदीभित्र छिर्न नसकेपछि किनारमा जम्मा भएको फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले जानकारी दिए ।

सफाइमा समिति, कामपा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उप्रेती समाज र पोखराको गण्डकी आवासीय विद्यालयका पूर्वविद्यार्थी गरी २४ संस्थाका ५०० जनाको सहभागिता थियो । पूर्वमुख्यसचिव लीलामणि पौडेल, उप्रेती समाजका डा रामप्रसाद उप्रेती, काठमाडौँका जिल्ला वन अधिकृत इन्द्र सापकोटा, अभियानकर्मी डा राजु अधिकारी, नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठ, पूर्वअध्यक्ष राजकुमार भट्टराई लगायतको सहभागिता थियो ।

सोही स्थानमा शुक्रबार नेपाली सेनाले पनि सफाइ गरेको थियो । आगामी शनिबार १५९ औँ हप्ताको वाग्मती सफाइ पनि बुद्धनगर पुलमै गरिने समितिका लैङ्गिक समानता तथा सामाजिक समावेशीविज्ञ माला खरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप