बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कतारमा नेपालीको बिचल्ली

शनिबार, ०८ जेठ २०७३, १४ : २४
शनिबार, ०८ जेठ २०७३

कतार– तीन वर्ष अगाडि सुनौलो सपना बोकेर यहाँ र्आका मालु–१ दोलखाका लालबहादुर दर्जी १३ महिनादेखि घर फर्किन नपाएर बिचल्लीमा भौँतारिरहेका छन् । अलमुसारी कम्पनीमा छ सय कतारी रियलका साथमा २०० को खाना सहित सुरुका दिनमा दिइए पनि परिस्थितिलाई सामना गरी साहुको ऋण र ब्याज सम्झँदै उनी आफ्नो काम गर्दै थिए । त्यही आएको तलबमा समेत दुई हजार दुई सय पचास कतारी रियल औषधोपचारमा खर्च भएको भन्दै उल्टै कम्पनीले नै काटिदिएपछि दर्जी न्यायका लागि नेपाली राजदूतावासको शरणमा पुगे । दूतावासले समस्या समाधानमा चासो नदेखाउँदा उनी झनै बढी पीडामा गुज्रिन पुगेका छन् । उनलाई हाल खाना बस्न समेत कठिनाइ भएको छ र कम्पनीले त्रास देखाउदै आएको छ । आफू कतारमा बस्न असुरक्षित भएको जनाई तत्काल नेपाल पठाउन सरोकार भएकाहरु समक्ष पहल गरिदिन समेत उनले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप