बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बौद्ध धर्मावलम्बीबाट नगर परिक्रमा

शनिबार, ०८ जेठ २०७३, १४ : ४३
शनिबार, ०८ जेठ २०७३

हेटौँडा– दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा यहाँका बौद्ध उपासकउपासिकाले हेटौँडा उपमहानगरपालिका वडा ४, ९ र १०मा रहेको बौद्ध विहारमा आज बिहान पूजाअर्चना गरेका छन् । यहाँ निकालिएको छुट्टाछुट्टै पदयात्राले उपमहानगरपालिकाको परिक्रमा गरेका थिए । सो अवसरमा मकवानपुरका प्रजिअ डा मानबहादुृर विक, स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापा, मकवानपुर क्याम्पसका सहप्राध्यापक डा गणेश लामा, उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेश पोखरेल लगायत पदयात्रा र पूजामा सहभागी हुनुहुन्थ्यो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप