कमल थापा टर्की प्रस्थान
काठमाडौँ– संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनको आयोजनामा हुने विश्व मानवीय शिखर समेलनमा भाग लिन उपप्रधानमन्त्री कमल थापा आज टर्कीको इस्तानाबुलतर्फ प्रस्थान गरेका छन् ।
[caption id="attachment_46870" align="alignleft" width="840"] File photo[/caption]परराष्ट्रमन्त्री थापाका साथ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र र गृह मन्त्रालयका उच्च अधिकारी पनि आजै त्यसतर्फ प्रस्थान गरे । विश्वको पहिलो सो शिखर सम्मेलनले मानवता र मानवीय सिद्धान्तका विश्वव्यापकताप्रतिको प्रतिबद्धतालाई पुनः प्रेरणा र पुनर्जीवित गर्ने लक्ष्य लिएको छ ।
परराष्ट्रमन्त्री थापाले यही जेठ ११ देखि १३ सम्म इजरायलको भ्रमण गरी त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अन्य नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ । उनी जेठ १७ गते स्वदेश फर्कनेछन् । उपप्रधानमन्त्री थापालाई परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उच्च अधिकारीका साथै राप्रपा नेपालका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण