बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रसङ्घमा बुद्धजयन्ती विशेष समारोह

शनिबार, ०८ जेठ २०७३, १५ : ०२
शनिबार, ०८ जेठ २०७३

काठमाडौँ- बुद्धजयन्तीको अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज एक विशेष समारोह आयोजना गरियो ।

त्यस अवरसमा महासचिव बानकी मुन, महासभाका कार्यबाहक अध्यक्षका साथै बङ्गलादेश, भुटान, क्याम्बोडिया, भारत, इण्डोनेसिया, जापान, लाओस, मलेसिया, म्यान्मा, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुसी महासङ्घ, श्रीलङ्का, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेसाक दिवसका रुपमासमेत मनाइएको बुद्धजयन्ती समारोहमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि एवम् राजदूत दुर्गाप्रसाद भट्टराईले अहिंसा र मध्यमार्गजस्ता बुद्धका उपदेशले दुई शताब्दीदेखि मानव समाजलाई मार्गदर्शन गराएको बताउनुभयो ।

अहिंसा, करुणा र सहनशीलताजस्ता बुद्धका उपदेशलाई सबैले सम्झनुपर्नेमा राजदूत भट्टराईले जोड दिनुभएको न्यूयोर्कस्थित स्थायी नियोगले जनाएको छ । उहाँले मानव दुःख र कष्टलाई अन्त्य गर्ने बौद्ध उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको पनि बताउनुभयो ।

त्यसअघि आजै बौद्धभिक्षुलाई भोजन दान गरिएको थियो । श्रीलङ्काली स्थायी नियोगले आयोजना गरेको भोजन दान कार्यक्रममा नेपाली स्थायी नियागका पदाधिकारीले त्यहाँ एकत्रित भएका बौद्धभिक्षुलाई नेपाली भोजन गराएका उक्त नियोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप