बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साकेलामा देखिएका किराती अनुहारहरु (फोटोफिचर)

शनिबार, ०८ जेठ २०७३, १५ : ४०
शनिबार, ०८ जेठ २०७३

काठमाडौं– किराती समुदायहरुको साँस्कृतिक पर्व उधौली आज ललितपुरमा धुमधामका साथ मनाइएको छ । साकेला पर्वमा आफ्ना पिता पुर्खा सम्झना गर्दै धर्ती पूजा गर्ने चलन छ । किरात समुदायले अन्नवाली भित्राउने र धर्तीमा उव्जेको वाली खाने अनुमती माग्दै धर्तीको पुजा गर्ने गर्दछन् । ललितपुरको सानो हात्तीवनमा विहान पूजाआजा गरिन्छ भने दिउसो ललितपुरकै नखिपोटमा साकेला पर्व मनाइन्छ । साकेला नाच्न काठमाडौं भक्तपुर र ललितपुरका राई, लिम्बुलगायत सबै समुदायका किराँतीहरु साँस्कृतिक भेषभूषमा सझिएर जम्मा हुन्छन् ।

साकेला नाच्न किरात समुदायका प्रतिष्ठित व्यक्तिहरुको पनि सहभागिता थियो । साकेला पर्वमा विषेश गरेर सिली नृत्य नाच्ने चलन छ भने च्याब्रुङ वाजाको साथमा चण्डी नाच र ढोलन नाच पनि देखाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप