बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीलाई विश्वसामु चिनाउन १० बुँदे घोषणापत्र जारी

शनिबार, ०८ जेठ २०७३, १७ : ५१
शनिबार, ०८ जेठ २०७३

लुम्बिनी  – लुम्बिनीलाई बिश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थानको साथसाथै बुद्ध दर्शनको पनि उदगम स्थलको रुपमा परिचित गराउने प्रतिवद्धता सहित २ हजार ५ सय ६० औं बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न भएको छ । बिभिन्न बौद्धमार्गी मुलुकहरु समावेश भएको यस पटकको बुद्ध जयन्ती बिभिन्न दृष्टिकोणबाट अन्य बुद्ध जयन्तीहरु भन्दा पृथक रहेको थियो । बुद्ध जयन्ती समारोह मनाउनु अघि बिभिन्न २८ वटा मुलुकका बौद्ध अनुयायीहरु एवम उच्च ओहोदाका ब्यक्तित्वहरु सम्मिलित अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनमा पेश भएका कार्यपत्रहरुको निचोड स्वरुप लुम्बिनी घोषणा पत्र समेत सार्वजनिक भएको छ । १० बुंदे घोषणा पत्रको पहिला बुंदा नै बिभिन्न पुरातात्विक उत्खनन तथा दर्शनहरुको आधारमा लुम्बिनी बुद्धको जन्मस्थान मात्र नभई बुद्ध दर्शनको उदगम् स्थल पनि भएको प्रष्ट भएको कारण यसलाई बिश्वभरि चिनाउने प्रतिवद्धता गरिएको छ ।

यसै गरि गौतम बुद्धको सन्देश मानव धर्म, शिक्षा एवम दर्शनको लागी बिश्व शान्ती स्थापना गर्न बिश्वभरि नै फैलाउने समेत उल्लेख गरिएको छ । बिश्वका सम्पूर्ण मुलुकमा गौतम बुद्धको शान्तीको सन्देश, बुद्धको शिक्षा र जिवन दर्शनलाई बिद्यालय पाठ्यक्रममा नै समावेश गर्ने एवम अन्य प्रचार प्रसार तथा प्रर्वद्धनात्मक कार्यहरुमा समावेश गर्ने समेत घोषणा पत्रमा उल्लेख रहेको छ । लुम्बिनीलाई धार्मिक सहिष्णुता तथा द्धन्द्ध ब्यावस्थापनको श्रोत केन्द्रको रुपमा प्रवद्र्धन गर्ने र भगवान गौतमको जिवनसंग सम्बन्धित स्थान लुम्बिनी, बोधगया, कुशीनगर, सारनाथलाई जिवनमा १ पटक भ्रमण गर्ने पर्ने स्थानको रुपमा प्रवद्र्धन समेत घोषणा पत्रमा उल्लेख छ । यसको साथै लुम्बिनी गुरुयोजना पुरा गर्ने एवम बृहत्तर लुम्बिनी क्षेत्र कार्यान्वयन गर्न शैक्षिक अनुसन्धान, पुरातात्विक उत्खनन् गरि यसलाई कार्यान्यन गर्ने भन्ने पनि उल्लेख छ । लुम्बिनीलाई उत्कृष्ट बौद्ध केन्द्रको रुपमा बिकसित गर्ने र बिश्वभरिका बौद्धमार्गीहरुलाई एकजै थलोमा ल्याउन ग्लोबल बुद्धिष्ट फोरमको स्थापना गर्ने लगायतका बुंदाहरु लुम्बिनी घोषणा पत्रमा समावेश छ ।

प्रधानमन्त्रीको नयाँ प्रोजेक्टः लुम्बिनीमा ५ हजार मान्छे अट्ने हल बनाउँछु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप