दर्शनार्थी बोकेको ट्र्याक्टर पल्टिँदा एकको मृत्यु, नौ घाइते
शनिबार, ०८ जेठ २०७३, १८ : ५०
लहान - सिरहाको सोनामती गाढास्थित सडकमा आज दिउँसो दर्शनार्थी बोकेको ट्र्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ भन्ने नौजना घाइते भएका छन् । सिरहाको लहान नगरपालिका–१५ स्थित ढोढनामा रहेको राजदेवी मन्दिरमा लागेको मेला भरेर फर्किएका दर्शनार्थी बोकेको स१त ३७४७ नंको ट्र्याक्टर दिउँसो ४ बजेतिर अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको हो । दुर्घटनामा परी भारतको लौकहा घर भएका ४० वर्षीय नारायण ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरुको लहानस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण