गठबन्धनको स्वयम्भूमा विरोधसभा
काठमाडौं ८, जेठ– राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनले आज शनिवार स्वयम्भूमा विशाल विरोध सभा आयोजना गर्यो । दिउँसो २ बजे सीतापाइलाबाट नाराबाजी र प्रदर्शन गर्दै र्याली ३ बजे स्वयम्भू चोकमा विरोध सभामा परिणत भएको थियो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले नेतृत्वमा आयोजित विरोध सभामा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।
उनीहरुले गठबन्धनद्वारा प्रस्तुत २६ सुत्रिय माग सम्बोधनका लागि सरकारसँग जोडदार माग गरे । दोस्रो चरणको कार्यक्रम अन्तर्गत राजधानीको प्रमुख ७ स्थानमा सभा गर्न बाँकी छ । गठबन्धनले भोलि आइतबार चावहिल चोकमा विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।
गठबन्धनले सिंहरदरबार र बालुवाटार घेराऊको पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ । लगत्तै तत्कालका लागि आन्दोलनको स्वरुप परिवर्तन गरेपनि काठमाडौं केन्द्रीत आन्दोलनलाई नै प्राथमिकता दिएको पहिचान पक्षधर २९ दलीय गठबन्धनले ललितपुरको मंगलबजार र नयाँ बानेश्वरमा विरोध सभा गरिसकेको छ । शुक्रबार मात्रै गठबन्धनले नयाँ बानेश्वरमा विरोध सभा आयोजना गरेका थिए ।
जेठ ५ गते गठबन्धनको बैठकले काठमाडौं १० प्रमुख स्थानमा विरोध सभा गर्ने निर्णय गरेको थियो ।
संविधान पुनर्लेखन गरी पहिचान र अधिकार प्राप्तिका लागि मधेशी र जनजाति समुदायले संयुक्त रुपमा जेठ १ गतेदेखि लगातार राजधानी तताइरहेका छन् ।
संविधान पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारु, अल्पसंख्यक समुदाय, मुश्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जात÷जाति लगायत बहिष्करणमा पारिएका÷परेका समुदायहरुको मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा जारी नै राख्ने गठबन्धनले जनाएको छ ।
संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः लगायतका दल तथा संगठन आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण