फेरि विवादमा गेल : अर्को महिला पत्रकारमाथि अस्लिल टिप्पणी
शनिबार, ०८ जेठ २०७३, २० : ५१
काठमाडौं – क्रिकेटको ‘ब्याड ब्वाई’ भनेर चिनिने क्रिस गेल पुनः विवादमा तानिएका छन् । गत जनवरीमा मेलबोर्न रेनेगेड्सबाट खेल्दा च्यानल टेनका महिला रिपोर्टर मेल म्याकलाफिनमाथि अभद्र टिप्पणी गरेका गेलले फेरि अर्को महिला पत्रकारमाथि त्यस्तै टिप्पणी गरेका छन् । द टाइम्स म्यागजिनका पत्रकार चार्लोट एडवर्डसँग गरिएको अन्तर्वार्तामा गेलले अस्लिल टिप्पणी गरेको अरोप लागेको छ । गेलले एडवर्डलाई आफ्नो ‘ब्याट’ विश्वकै ठूलो भएको र उनलाई पक्रन दुई हात प्रयोग गर्नुपर्ने बताएका थिए । उनले यसको संकेत आफ्नो योनाङ्गलाई गरेको आरोप एडवर्डले लगाएकी टिन् । त्यस्तै गेलले एडवर्डलाई कति काला युवकहरुसँग सेक्स गरेको प्रश्न गरेको बताइएको छ । जनवारीमा उनीमाथि यस्तै हर्कत गर्दा १० हजार डलर जरिवाना लगाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
-
पोखरामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?
-
सरकारले ल्यायो नयाँ विज्ञापन नीति (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण