गलेश्वर–पछै धार्मिक पदमार्ग निर्माण
म्याग्दी– बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै पछै जाने पदमार्ग निर्माण भएको छ ।
रामायणलगायत विभिन्न हिन्दू धर्मग्रन्थहरुमा रावणको जन्म भएको र पुलह ऋषिले तपस्या गरी ज्ञान आर्जन गरेको भनेर व्याख्या गरिएको पछैलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पदमार्ग निर्माण गरिएको हो ।
पर्यटन कार्यालय पोखराको रु १० लाख अनुदान र स्थानीय बासिन्दाको रु चार लाख बराबरको श्रमदानमा दुई किमी उकालो बाटामा ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको गलेश्वर पुलाश्रम पदमार्ग निर्माण समितिका सचिव योगेन्द्र कार्कीले जानकारी दिए ।
सचिव कार्कीका अनुसार गलेश्वरदेखि राहुवडा हुँदै घतानको कुवागैरासम्म निर्माण भएको पदमार्गलाई आगामी वर्ष विस्तार गरेर पछैसम्म पु¥याउने योजना रहेको छ । पदमार्ग निर्माण भएपछि मुक्तिक्षेत्रको प्रवेशद्वार मानिने गलेश्वर दर्शन गर्न आउने भक्तजनलाई पुलाश्रम क्षेत्रमा पुग्न सहज भएको छ ।
बेनी नगरपालिका–११ मा पर्ने पछै धार्मिक क्षेत्रका साथै प्राकृतिक सौन्दर्यले भरिपुर्ण गन्तव्य मानिन्छ । सूर्योदय, हिमशृङ्खलाका साथै म्याग्दी, पर्वत र बागलुङका मनमोहक भूगोल तथा बस्तीहरु अवलोकनका लागि यो उपयुक्तस्थल रही आएको छ । यसैगरी पछैमा रहेका पौराणिक महत्वका मन्दिर, तपस्यास्थलको संरक्षणका साथै पूजाआजाका लागि रु १९ लाख ३८ हजार ५४२ को लागतमा गत वर्ष नयाँ मन्दिरसमेत निर्माण भएको थियो । मन्दिरमा रु एक लाख ३८ हजार ३२६ को लागतमा पुलह ऋषिको मूर्ति प्रतिस्थापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण