आत्महत्या गर्न सिंहको खोरमा निर्वस्त्र हामफाले एक व्यक्ति
चिली – चिलीको एक चिढियाखानामा एक व्यक्ती आत्महत्या गर्ने उद्धेश्यले सिंहको ओडारभित्र पुगे । उनी कपडा खोलेर नाङगै सिंहको ओडारमा हामफालेका थिए । तर सिंहले शिकार गर्नु अगावै उनको उद्धार भयो । यता, उनीमाथि आक्रमण गर्ने दुई सिंह भने गोली लागेर मरेका छन् । फ्रान्को लुई फेराडा रोमनको शरिरका थुप्रै भागमा चोट लागेको छ । उनलाई तत्काल अस्पताल लगिएको थियो र अहिले उनको अवस्था गम्भीर छ ।
२० वर्षका यि युवा एकाएक कपडा खोलेर सिंह बस्ने ओडारको मध्यभागमा हामफाल्न पुगेपछि प्रत्यक्षदर्शीहरु चकित परेका थिए । ओडरभित्र पुगेछी सिंहले उनीमाथि आक्रमण थाल्यो । लगत्तै चिडियाखानाका मानिसहरुले सिंहमाथि गोली प्रहार गरे । मानिसको ज्यान जोगाउने क्रममा सिंहको ज्यान गयो ।
यस चिढियाखानाका निर्देशक अले¥यान्द्रो मोन्टालभा भन्छिन्–‘ मलाई लाग्छ यि व्यक्ति टिकट काटेर चिढियाखाना छिरेका थिए । त्यसपछि सर्वसाधारणका लागि निषेश गरिएको क्षेत्रमा उनी जर्बजस्ती छिरे ।’ उनले सिंहलाई मार्नुपर्दा दुख लागेको बताएकी छिन् –‘ प्रोटोकलअनुसार हाम्रा लागि मानिस सबैभन्दा ठूलो हो । त्यसैले भाले र पोथी सिंहको ज्यान लिन हामी बाध्य भयौँ ।’
एक प्रत्यक्षदर्शी साइथिया भासक्वेजका अनुसार सिंहले उक्त युवालाई ओडारमा छिर्ने बित्तिकै आक्रमण गरेको थिएन । तर चिडियाघरकै व्यक्तीहरु ढिला आइपुग्दा सिंहले उनीमाथि नराम्ररी हमाला गर्यो र सिंहको समेत ज्यान गयो । उनले भनेकी छिन् –‘यो सुरक्षाकर्मीको दोष हो किनकी सुरुआतमा सिंहले उनीसँग खेल्न खोजेको थियो । बिस्तारै आक्रमण थाल्यो । समयमै सुरक्षाकर्मी आएको भए न सिंहलाई मार्नुपर्ने थियो । न त यि युवा नै घाइते हुने थिए ।’
यता महानगरिय पार्क निर्देशक माउरिसियो फाब्रीले युवाको कपडा खोज्ने क्रममा त्यसमा सुसाइड नोट समेत भेटिएको बताएका छन् । उपचारका क्रममा संलग्न चिकित्सकले फेराडा रोमनको मुटुले काम गर्न छाडेको भन्दै उनी गम्भीर अवस्थामा रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण