विश्वकै होचा जोडीको अनौठो प्रेम कहानी
शुक्रबार, २८ जेठ २०७३, १९ : १३
ब्रासिलिया – ब्राजिलका पाउलो ग्राबियल र सिल्वा बैरोसको भेटघाट सामाजिक सञ्जालमा भएको थियो । त्यसपछि उनीहरुले म्यासेन्जरमा च्याट सूरु गरे । दुबैको उचाई ३ फिटभन्दा कम छ । केही दिन डेटिङ गरेपछि उनीहरुले बिहे गरे । अहिले उनीहरु अन्य सामान्य जोडीको जस्तै जीवन बाँचिरहेका छन् । तर उनीहरुको प्रेम कहानी सजिलो भने छैन् । पहिलो पटक सिल्वाले समाजिक सञ्जालबाट पाउलोलाई ब्लक नै गरेकी थिइन् ।
सिल्वाले सुरुआतमा पाउलोसँग च्याटमा कुरा गर्दा निकै रिसाएको बताइन् । उनलाई पाउलोले जिस्कदैँछन् भन्ने लागेको थियो । त्यसैले उनले ब्लक गरिदिइन् । कुरा यही सकियो । तर १८ महिनापछि फेरि उनले पाउलोलाई अनब्लक गरिन् । त्यसपछि फेरि च्याट सूरु भयो । पाउलो उनलाई भेट्न आए र उनले प्रेम प्रस्ताव राखे । सिल्बा ब्युटिशियन हुन् भने पाउलो लिगल सेक्रेटरीको काम गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण