प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गरेका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार सा“झ प्रसारण हुँदै आएको ‘सिधा कुरा प्रधानमन्त्रीसग’को गत हप्ताको कार्यक्रममा एक दर्शकले विमानस्थलको व्यवस्थापकीय पक्षमा जिज्ञासा राखेपछि आज उनले आकस्मिक निरीक्षण गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकरीले जानकारी दिए । अपराह्न २ बजे विमानस्थल पुग्नुभएका प्रधानमन्त्रीले विमानस्थलका विभिन्न विभागको निरीक्षणपछि प्रतीक्षालयलगायत भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, ‘अन अराइभल’ भिसाको शुल्क तिर्ने स्थानमा देखिएको भीडलाई कम गर्न शुल्क तिर्ने मेसिन थप्न निर्देशन दिए । प्रधानमन्त्रीले विमानस्थलका कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जा“चमा कडाइ गर्न पनि सरोकारवाला पक्षलाई निर्देशन दिए । निरीक्षणका लागि प्रधानमन्त्रीसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महत पनि विमानस्थल गएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण