सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु

सोमबार, २९ असार २०८३, ०८ : १६
सोमबार, २९ असार २०८३

रौतहट । बारा जिल्लाको सदरमुकाम कलैया स्थित पोखरीमा नुहाउने क्रममा एक जना ६ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।

आइतबार साँझ साढे ६ बजे कलैया उपमहानगरपालिका–११ घोघरीयास्थित पोखरीमा स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा डुबेकी थिइन्।

उनलाई तत्कालै उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल कलैया बारामा ल्याइएकोमा सवा ७ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै रहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप