क्यानडा लगानी गर्न तयार
बुधबार, ०१ असार २०७३, १५ : ५२
काठमाडौ–नेपाल हेर्ने क्यानेडियन राजदुतावासका डेपुटी हेड अफ मिसनका जेस डटोनले नेपालमा आफ्नो राजदुतावास खोल्न उत्साहित भएको बताएका छन् । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघद्धारा काठमाडौमा स्वागत गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यालयका एन्डरिया डेभिडसनका साथ बुधवार नेपाल आएका डटोनले नेपालमा क्यानडाको लगानी पर्यटन, जलविद्युत र हवाई क्षेत्रमा आर्कर्षित भएको बताउँदै भने, ‘नेपाल विश्वकै आर्कषक गन्तब्य हो ।’ सो अवसरमा नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल र क्यानडाको सम्बन्ध राज्यस्तरबाट जनस्तरमा पुु¥याउन आफुहरु क्रियाशील भएको बताए । संघका सहअध्यक्ष प्रा.डा. प्रदीप खड्का, उपाध्यक्ष प्रा.डा. गोपाल पोखरेल, सचिव खड्क थापा, सीमा विद बुद्धिनारायाण श्रेष्ठ लगायतले नेपाल क्यानडाको सम्बन्ध र विकासक्रमको बारेमा चर्चा गरे । कार्यक्रममा गायिका कोमल वलीले ‘लरि लरि लै, यो जोवन तिम्रै हो सँधै भरीलाई’ बोलको गीत गाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण