कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
सारांश
- कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ।
- शेख हमदको अन्तिम प्रार्थना सभा आइतबार साँझ दोहास्थित इमाम मोहम्मद इब्न अब्द अल-वहाबु मस्जिदमा मगरीब पछि आयोजना गरिएको थियो।
- कतारमा आगामी बुधबारसम्म आधिकारिक शोक घोषणा गरिएको छ।
काठमाडौँ । कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएपछि उनको अन्तिम संस्कार सम्पन्न भएको छ ।
सन् १९९५ देखि २०१३ सम्म कतारमा शासन गरेका शेख हमदको अन्तिम प्रार्थना सभा आइतबार साँझ दोहास्थित ‘इमाम मोहम्मद इब्न अब्द अल–वहाबु मस्जिदमा मगरीब (साँझको प्रार्थना) पछि आयोजना गरिएको थियो ।
प्रार्थना सभामा परम्परागत कतारी पोशाक पहिरिएका मानिसहरूको उपस्थिति रहेको थियो । प्रार्थना सकिएपछि उनका छोरा एवं कतारका वर्तमान अमिर शेख तमिम बिन हमद अल थानी र परिवारका निकट सदस्यहरूले पार्थिव शरीरलाई काँध दिई मस्जिद बाहिर लगेका थिए । शेख हमदलाई दोहाको लुसेल चिहान (लुसेल सिमेट्रिका) मा समाधिस्थ गरिनेछ।
अल जजिराका संवाददाता जेन बासराभीका अनुसार यो अन्त्येष्टि एक सरल र परम्परागत इस्लामिक संस्कार अनुसार सम्पन्न भएको हो र उनलाई एक साधारण चिहानमा समाधिस्थ गरिनेछ।
कतारमा आगामी बुधबारसम्म आधिकारिक शोक घोषणा गरिएको छ। यस शोक अवधिको समयमा कतारका वर्तमान अमिर शेख तमिमले लुसेल दरबार (लुसेल प्यालेस) मा विभिन्न देशका प्रमुखहरू, विशिष्ट प्रतिनिधिहरू र शाही परिवारका सदस्यहरूबाट शोक संवेदना स्वीकार गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण