अठार किलो चरेससहित तीन युवक पक्राउ
मङ्गलबार, ०७ असार २०७३, १९ : ४४
इलाम– इलामको पशुपतिनगर–४ फाटकबाट प्रहरीले १८ किलो चरेससहित तीन जना युवकलाई आज बिहान पक्राउ गरेको छ ।
डब्लुबी ७६/७४६६ नम्बरका भारतीय टाटासुमो गाडीबाट १८ किलो लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए ।
पक्राउ पर्नेमा धादिङ सेर्तुङ–२ का ३५ वर्षीय बुद्धिलाल तामाङ, रूपन्देही गजेडी–७ का होमबहादुर पुन र टाटा सुमो चालक भारत दार्जिलिङस्थित सुकिया पोखरीका मिलन भनिने टासी शेर्पा छन् । उनीहरूबाट प्रहरीले भारतीय एक हजार दरका २० थान, पाँच सय दरका ५३ थान र नेपाली एक हजारको ७० थान नोट समेत बरामद गरेको छ । पक्राउ गरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
-
कांग्रेसले ‘जरा अभियान’ साउन ६ गते समापन गर्ने
-
होशियार ! शरीरमा हुने यी ७ परिवर्तन क्यान्सरको प्रारम्भिक लक्षण हुन सक्छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण