इटालीलाई स्तब्ध बनाउँदै आयरल्याण्ड अन्तिम १६ मा, स्वीडेन बाहिरियो
पेरिस — रोबी ब्राडीले खेलको अन्तयतिर गरेको नाटकीय गोलको मद्दतले रिपब्लिक अफ आयरल्याण्डले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । नकआउट चरणका लागि जित आवश्यक रहेको आयरल्याण्डले गोलका लागि खेलको ८५ औं मिनेट सम्म पर्खनु परेको थियो । युरोपियन च्याम्पियनसीपको नकआउटमा आयरल्याण्ड प्रवेश गरेको यो पहिलो अवसर हो । पराजय बावजुद इटाली समूह ईको शीर्ष स्थान ओगट्दै अर्को चरणमा प्रवेशमा गरेको छ । सोमबार इटलीले स्पेनको सामना गर्नेछ । उता, बेल्जियमले स्वीडेनलाई पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ । राज्डा नाइनगोलानको एक मात्र गोलको मद्दतले बेल्जियमले स्वीडेनलाई पराजित गरेको हो । पराजयसँगै समूहको पुछारमा रहँदै स्वीडेन प्रतियोगिताबाट बाहिरिएको छ । योसँगै स्वीडेनका ज्लाटान इब्राहिमोविचको अन्तर्राष्ट्रिय करियरको पनि अन्त्य भएको छ । उनले युरो पछि सन्यासको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
-
विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण