कोच राजवंशी सङ्ग्रहालय भवन शिलान्यास
शुक्रबार, १० असार २०७३, १७ : २०
झापा– कनकाई नगरपालिका–९ स्थित घैलाडुवामा बन्ने लागेको कोच राजवंशी सङ्ग्रहालय भवनको आज शिलान्यास भयो ।
कोच राजवंशीको संस्कृति, रीतिरिवाज र वेशभूषाको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुने लागेको यस भवनको शिलान्यास सांसद प्रेम गिरीले गरेका थिए ।
स्थानीय रत्नलाल, खगेन्द्रप्रसाद राजवंशीलगायतले स्व टेकनारायण राजवंशीको स्मृतिमा प्रदान गरेको आठ कट्ठा जमिनमा रु पाँच लाखको लागतमा भवन निर्माण हुन लागेको कोच राजवंशी सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रेमप्रसाद राजवंशीले बताए ।
काँकडभिट्टा पर्यटन बोर्ड कार्यालयले कोच सङ्ग्रहालय निर्माणका लागि रु पाँच लाख विनियोजन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
-
विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण