सरकारले कुरा सुन्न चाहेन : कांग्रेस
काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद आनन्द ढुङ्गानाले ‘भूकम्पपीडित जनताको मागलाई आफ्नो दलले सदनमा कुरा उठाउँदा सरकार गम्भीर नबनेको आरोप लगाए । भूकम्पपछि तत्कालीन सदनले पुनःनिर्माण कार्य अघि बढाउन सङ्कल्प पारित गरेको स्मरण गराउँदै उनले सो प्रस्ताव कार्यान्वयन गर्न सरकार उदासीन बनेको बताए । सांसद ढुङ्गानाले सरकारले ल्याएको बजेट र विनियोजन छलफलमा काँग्रेसले रचनात्मक सहयोग गर्ने जानकारी दिँदै ‘सरकार मेरो गोरुको बारै टक्का’मा चल्न नसक्ने बताए । उनले भने – सदन कसैको पेवा होइन, सार्वभौम जनताको हो । सदनमा उठान भएको कुरामा सरकार किन गम्भीर बन्न नसकेको ? भूकम्पपीडित जनतलाई घर बनाउन एकमुष्ट रु दुई लाख दिने सरकारको लिखित प्रतिवद्धता नआएसम्म सदन चल्न नसक्ने उनले अडान राखे । यसपछि प्रतिपक्षी दल नेकाका सांसदहरु आ–आफ्ना आसनबाट उठे । सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा भूकम्प पुनःनिर्माणका बारेमा सविस्तार जानकारी दिन बोल्न खाजेको जनाउ दिँदै अवरोध नगर्न आग्रह गरिन् । तथापि, प्रतिपक्षी सांसदहरु उठिरहेका कारण सभामुख घर्तीले बैठक आधा घन्टाका लागि स्थगन गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण