कांग्रेसको मागबारे छलफल गर्न बानेश्वरमा शीर्ष नेताहरुको बैठक
आइतबार, १२ असार २०७३, १४ : ४५
काठमाडौँ–प्रमुख प्रतिपक्षी दलले उठान गरेका मागहरुमाथि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा छलफल जारी छ ।
बैठकमा प्रम केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको छ ।
प्रमुख प्रतिपक्षी दलले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रु दुई लाख तथा दुई प्रतिशत ब्याजदरमा रु १५ लाख र रु २५ लाख क्रृण वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग राखी सदन अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण