१५ लाख मुल्य बराबरको यार्सागुम्बा सहित एक जना पक्राउ
मङ्गलबार, १४ असार २०७३, १२ : ५१
दाङ–करिब १५ लाख मुल्य बराबरको यार्सागुम्बा सहित तुलसीपुरमा एक जना पक्राउ परेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अबैध रुपमा ल्याएको यार्सागुम्बा (जडीबुटी) लुकाइएछिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीले बर्दियाको कालीका ५ निबासी ५१ बर्षका कर्ण सुनारलाई सोमबार बेलुकी पक्राउ गरेको हो । तुलसीपुर ६ हात्तीखौवा भन्ने स्थानमा कोठाभाडा लिएर बस्दै आएका सुनारलाई ९ सय २० ग्राम अबैध यार्सागुम्बा सहति पक्राउ गरिएको इलाका प्रहरीकार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । प्रहरीले थप अनुसन्धान थालेको छ । पक्राउ परेका सुनार सहति यार्सागुम्बालाई धनौरी सेक्टर वन कार्यालय तुलसीपुरमा बुझाइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण