मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सय वर्ष पुरानो नाटकघर अहिले बन्यो संसारकै शानदार पुस्तकालय (फोटोफिचर)

सोमबार, ०३ साउन २०७३, १७ : ५४
सोमबार, ०३ साउन २०७३
ब्यूनर्स आयर्समा एल एटेनियो ग्रान्ड स्प्लेन्डिड नामक शानदार पुस्तकालय रहेको छ । यसलाई लगभग १०० वर्ष पुरानो ग्रान्ड स्प्लेन्डिड नामक नाटकघर प्रयोग गरेर बनाइएको हो, जुन सन् १९९१ मा सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । उक्त नाटकघरलाई पछि हलमा परिणत गरियो र सन् २००० मा यसलाई पुनः पुस्तकालयमा परिणत गरियो । यसले वर्षेनी लाखौंको संख्यामा आगन्तुकलाई भित्र्याउँछ । यो उत्कृष्ट बिल्डिङलाई प्रारम्भिक रुपमा आर्किटेक्ट पेरो र टोरेस अर्मेंगोलले डिजाइन गरेका थिए भने पछि यसलाई हल र पुस्तकालयमा परिणत गर्ने व्यक्ति हुन् आर्किटेक्ट फर्नान्डो म्यानजोन । सन् २००८ मा द गार्जियनले यो पुस्तकालयलाई संसारको सबैभन्दा दोस्रो उत्कृष्ट पुस्तकालयको दर्जा दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप