मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

गुण्डुमा एमाले सचिवालय बैठक

मङ्गलबार, ०९ असार २०८३, २० : ०८
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसिरहेको छ ।
  • पार्टीले अख्तियार गर्ने रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
  • एमालेले उपाध्यक्ष पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै गैरकानुनी भनेको छ ।

काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा केहीबेर अघि बैठक सुरु भएको हो।

उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि पार्टीले अख्तियार गर्ने रणनीतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । एमालेले उपाध्यक्ष पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै गरैरकानुनी समेत भनेको छ। 

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको छ । उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले मङ्गलबार अनुमति दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप