आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ प्रबिधिबाट श्वासनलीको शल्यक्रिया

मङ्गलबार, २५ साउन २०७३, ०७ : ५१
मङ्गलबार, २५ साउन २०७३

काठमाडौं–काठमाडौको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अत्याधुनिक कोवलेसन प्रविधि र इन्डोस्कोपिक प्रविधि प्रयोग गरी पहिलो पटक स्वास नलिको शल्यक्रिया गरिएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक, कान, घाँटी विभागका चिकित्सकहरु डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरेको टोलीले तनहुँका २४ वर्षीय युवक श्रीप्रसाद तिवारीको साँघुरीएको स्वास नलिको शल्यक्रिया कोवलेसन प्रविधिबाट गरेका हुन् ।

शल्यक्रियामा एनेस्थेसिया विभागबाट डा. मुरारीराज उप्रेती र डा. अर्चन अधिकारीले साथ दिएका थिए ।

चिकित्सकहरुले अत्यात्धुनिक दूरबिन (इण्डोस्कोप) र कोबलेटर (आधुनिक यन्त्र) को प्रयोगबाट स्वास नलिको साँघुरीएको भाग (स्टेनोटिक पार्ट) लाई हटाएर सो ठाँउमा शल्यक्रियापछि पुनः साँघुरो नहोस् भनी प्रयोग गरिने विशेष नली – स्टेन्ट (मोन्टोगोम्यारी ट्यूव) को प्रतिस्थापन नेपालमा नै पहिलोपटक सफलतापूर्वक गरेका हुन् ।

[caption id="attachment_69780" align="aligncenter" width="999"]                                                            २४ वर्षीय युवक श्रीप्रसाद तिवारी[/caption]

सडक दुर्घटनामा घाइते भएका तिवारीको लामो समयसम्म सघन उपचारमा रहँदा स्वास नली (ट्रयाकिया) साँघुरीने समस्या (सव ग्लोटिक स्टेनोसिस) भएको थियो । कोवलेसन प्रविधिमा रेडियो फ्रिक्वेन्सी प्रयोग हुने भएकाले शल्यक्रियाको समयमा दुखाइ कम हुनुका साथै समय पनि कम लाग्ने, रक्तश्राव शून्य बराबर हुने र घाउ समेत चाँडै निको हुने चिकित्सकहरुको ठहर छ ।

कोवलेसन प्रविधि नेपालमा पहिलोपटक ग्राण्डी अस्पतालमा प्रयोग भएको हो । यो प्रविधि टन्सिल, नाक भित्र मासु बढेको (एडेनोइड) र निन्द्रामा घुर्ने समस्या (स्नोरिङ) को शल्यक्रियाबाट उपचार र स्वर यन्त्रको शल्यक्रिया लगायतमा उपयोगी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप