गढीमाईको पशुबली रोक्ने सर्वोच्चको आदेशको स्वागतमा र्याली
शनिबार, २९ साउन २०७३, २२ : २४
काठमाडौं –सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुमाथि हुने क्रुर व्यवहार रोक्न आदेश दिएकोमा स्वागत गर्दै शनिवार विभिन्न प्राणीअधिकारवादी संस्था र आध्यात्मिक समूहले र्याली निकालेका छन् ।
माइतिघर मण्डलाबाट विहान ७: ३० बजे शुरु भएको र्याली वशसन्तपुर, धरहरा हुादै रत्नपार्कको शान्तिबाटिकामा पुगेर टुंगिएको नेपाल शाकाहारी संघका सचिव प्रकाश आस्थाले जानकारी दिए ।
सर्वोच्चको निर्णयको स्वागतमा शुक्रवार माइतीघर मण्डलामा नै दिप प्रज्वलन समेत गरिएको थियो । नेपाल शाकाहारी संघका अध्यक्ष हरिकुमार सिलवालले निर्णय अत्यन्तै प्रगतिशिल भएको बताए ।
पशुकल्याण संजाल, नेपालकी प्रमदा शाहले सबै धर्मको सार करूणा भएकाले हिन्दुधर्ममा विकृतिका रुपमा रहेको पशुबलि रोक्न निर्देशन दिने अदालतको निर्णय एकदमै स्वागतयोग्य भएको बताइन् ।
पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मङ्सिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए भने सर्वोच्चका न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले गत एक हप्ताअघि सरकारका नाममा ‘गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न’ निर्देशनात्मक आदेश दिएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण