आधिकारिक ट्रेड युनियनलाई काम गर्ने बाटो खुल्यो
आइतबार, ०५ भदौ २०७३, २२ : ०७
काठमाडौँ– निजामती कर्मचारीको सङ्गठन आधिकारिक ट्रेड युनियनका निर्वाचित कार्यसमितिलाई काम गर्ने बाटो खुलेको छ ।
सर्वोच्च अदालतले आधिकारिक ट्रेड युनियनका विषयमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने भनेपछि युनियनका कार्यसमितिलाई काम गर्ने बाटो खुलेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज दिएको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन नपर्ने भन्दै कामका लागि बाटो खुला गराएका हुन् ।
राष्ट्रिय कर्मचारी सङ्गठनका तर्फबाट वीरेन्द्र बस्नेतले आफूहरुले उपाध्यक्ष पद पाउनुपर्ने र निर्वाचित उपाध्यक्षलाई कामकारबाही गर्न नदिने भन्दै नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यालयलाई विपक्ष बनाई अन्तरिम आदेश माग गरेका थिए ।
इजलासले पहिलो मत प्राप्त गर्ने सङ्गठनले नै उपाध्यक्ष पद पाउने व्यवस्था भएकाले तेस्रो मत ल्याउने सङ्गठनले उक्त पद पाउनुपर्दछ भन्ने मागसँग सहमत हुन सकिएन भन्ने फैसला गरेको छ ।
जेठ १९ गते भएको ट्रेड युनियनको निर्वाचनमा पहिलो हुनेले नेपाल निजामती कर्मचारी सङ्गठनले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित आठ, दोस्रो हुने नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले महासचिवसहित सात र तेस्रो हुने नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले सचिवसहित तीन सदस्य पाएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण