प्रस्तावित तीन राजदूतद्वारा सर्वोच्चमा रिट
काठमाडौँ - सर्वोच्च अदालतमा विभिन्न देशका लागि सिफारिस भएका राजदूतको नाम फिर्ता बोलाउने सरकारको निर्णय संविधान र कानुन विपरीत भएको भन्दै रिट निवेदन दायर गरिएको छ ।
म्यानमारका लागि सिफारिस राजदूत नीरञ्जनकुमार थापा, बङ्गलादेशका लागि सिफारिस राजदूत खगेन्द्र बस्न्यात र संयुक्त अरब इमिरेट्सका लागि सिफारिस राजदूत भरतबहादुर रायमाझीले संयुक्त रुपमा आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
यसअघि सिफारिस भएका चार राजदूतले पनि राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले तत्कालका लागि राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चले सरकारलाई आगामी ८ गते छलफलका लागि बोलाएको छ ।
केपी ओली नेतृत्वको सरकारले विभिन्न देशका राजदूतका लागि सिफारिस गरेका व्यक्तिलाई संसदीय सुनुवाइ हुँदाहुँदै रोकेर वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण