तीनबुँदे सहमति कार्यान्वयन नभए मधेसवादी दल सरकारमा जाँदैन : यादव
आइतबार, ०५ भदौ २०७३, २२ : २१
राजविराज - सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसीको माग पूरा नभएकाले आन्दोलन जारी रहेको बताएका छन् ।
मधेस आन्दोलन २०७२ मा निधन भएका सहिदको स्मृतिमा सप्तरीको भारदहमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले मधेस आन्दोलनका क्रममा विगतका सरकारबाट भएका सहमति सम्झौता पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले आन्दोलनका लागि तयार रहन मधेसी समुदायलाई आग्रह गरे ।
वर्तमान सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्यन गरेरै छाड्ने दाबी गर्दै अध्यक्ष यादवले सो सहमति कार्यान्वयन नभए मधेसवादी दल सरकारमा नजाने बताए । साथै उनले वर्तमान संविधान अत्यन्त अधुरो र अपूरो रहेकाले संविधानलाई मधेसी, जलित, जनजाति र मुस्लिम समुदायले मान्न नसक्ने स्पष्ट पारे ।
सो अवसरमा मधेस आन्दोलनका क्रममा ज्यान गुमाउने व्यक्तिका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण