संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराएर मात्रै भारत जान्छुः प्रम प्रचण्ड
मङ्गलबार, ०७ भदौ २०७३, २२ : १६
काठमाडौं– प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराउनुका साथसाथै स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने कानुन पारित गराएरमात्रै आफू भारत भ्रमणमा निस्कने बताएका छन् ।
बालुवाटारस्थित निवासमा मंगलबार साँझ अनलाइन सञ्चारमाध्यमका सम्पादक तथा सम्बद्ध संवाददाताहरुसँग कुराकानी गर्दै उनले भने, ‘सरकारले संविधान संशोधनको प्रक्रिया र स्थानीय तहको निर्वाचनको लागि आवश्यक कानुन निर्माण गर्नु जरुरी छ । मेरो भारत भ्रमणअघि संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता हुन्छ । स्थानीय निकायको निर्वाचनका लागि आवश्यक पर्ने कानुनहरु पारित गराउँछु ।’
सो अवसरमा नेकपा माअोवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफ्नो पार्टी कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको भन्दै सोहि अनुसार सरकार बढिरहेको बताए ।
उनले चैतमा चुनाव गर्नका लागि दलीय सहमति जुटाउन आवश्यक रहने भन्दै त्यसका लागि पार्टी र सरकारले पहल गर्ने बताए ।
सत्तारुढ दल नेपाली कांग्रेसको कारण सरकार विस्तारमा ढिलाई भएको भन्दै उनले केहि दिनभित्रै मन्त्रिमण्डलले पूर्णता पाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण