तलब नपाएपछि कर्मचारी आन्दोलनमा
बुधबार, ०८ भदौ २०७३, १८ : १७
काठमाडौं - नेशनल ट्रेडिङ लिमिटेड टेकुका कर्मचारी छ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रेका छन् ।
सरकारले काममा मात्र लगाउने तर छ महिनासम्मको तलब नदिने गरेकाले लिमिटेडका २९० कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुले तलब समयमै दिनुपर्ने, सञ्चय कोष र नागरिक लगानी कोषको पैसा समयमै पठाउनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई उपदानको व्यवस्था गर्नुपर्ने, विमा रकम पठाउनुपर्नेलगायतका माग राखेका छन् ।
सङ्घर्ष समितिका संयोजक राजु रानाभाटले छ महिनादेखि तलब नदिएपछि बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको बताए । उनले भने – “हाम्रो माग सम्बोधन नभएसम्म हामी आन्दोलन जारी राख्छौँ ।”
आन्दोलनरत कर्मचारीले तलब नदिएको भन्दै मङ्गलबार महाप्रबन्धकको कार्यकक्ष समेत घेराउ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण