भारत सरकारबाट नेपाललाई १७ दमकल उपहारस्वरुप प्रदान
बुधबार, ०८ भदौ २०७३, १८ : २६
काठमाडौँ- आगलागी नियन्त्रणमा सहयोग पु-याउन भारतले आज नेपाललाई १७ वटा दमकल उपहारस्वरुप प्रदान गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई भारतीय राजदूत रणजीत रायले यहाँ आयोजित कार्यक्रममा ती दमकलको साँचो हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पाण्डेले एउटा दमकलको साँचो काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सनतकुमार थापालाई हस्तान्तरण गरे । मन्त्री पाण्डेले आगलागी नियन्त्रण गर्न भारत सरकारबाट प्राप्त दमकलले थप सहयोग पु¥याउने बताए । राजदूत रायले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि दमकलकै भर पर्नुपर्ने उल्लेख गर्दै ती दमकलले प्रयोगले यस्ता कामकामा मद्दत मिल्ने विश्वास व्यक्त गरे । हाल २१७ नगरपालिकामध्ये ७१ नगरपालिकामा १०१ बटा दमकल रहेको उक्त मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण