केपी ओली भोलि बैंकक जाँदै
बुधबार, ०८ भदौ २०७३, २१ : १४
काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि भोलि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।
अध्यक्ष ओली बिहीबार अपराह्न १ बजे थाई एयरवेजको विमानमार्फत श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जाने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहने बताइएको छ ।
एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार बैंककमा उपचारपछि अध्यक्ष ओली आफ्नो चार दिने भ्रमणको सिलसिलामा इन्डोनेसिया जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण