सुस्ताका १९ जनाविरुद्ध भारतीय अदालतमा मुद्दा
बुधबार, ०८ भदौ २०७३, २१ : २२
कावासोती - विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ ।
मुद्दा चलाइएको थाहा पाएपछि सुस्तावासी त्रसित भएका छन् । नेपालीहरूलाई डर त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्तावासीको छ ।
सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु लोनियाको एक महिनाअघि बगाहाको नौरगिया कटाहाको खेतामा शव फेला परेको थियो । सीमापारि भएको घटनामा सीमावारिका मानिसमाथि मुद्दा चलाइएको छ । विहारको बगाहा अदालतमा मुद्दा चलाइएको हो ।
मृतक लोनिया ससुरालीमा बसेर विहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् । सुस्तामा रहेका नेपालीका गतिविधि र दिनचर्याका बारेमा उनले विहार प्रहरीलाई जानकारी दिने र नेपालीलाई झुठा आरोप लगाएर सताउने काम गर्दै आएको स्थानीय जनताको आरोप छ ।
गाउँका अगुवाभन्दा दोस्रो स्तरका मान्छेहरूविरुद्ध मुद्दा चलाइएको सुस्तेलीले बताएका छन् । उन्नाइस जनामध्ये समाजमा अगुवा देखिने युवा नै बढी रहेका छन् । क–कसलाई मुद्दा लगाइएको हो, त्योबारे भने स्थानीयवासीले बताउन चाहेनन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण