अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइ बढ्यो
बिहीबार, ०९ भदौ २०७३, २१ : २४
काठमाडौँ- सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सिकाइ उपलब्धि बढाएको सहभागीले बताएका छन् ।
शङ्खरापुरको जरहसिंहपौवामा ग्लोबल एक्सन नेपालले आज आयोजना गरेको ‘शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता’ विषयक गोष्ठीमा सहभागीले विद्यालयमा अतिरिक्त क्रियाकलाप गर्नाले विद्यार्थीको सिकाइ उपलब्धि बढाएको बताएका छन् ।
कार्यक्रममा बालज्योति निमावि शङ्खरापुर–२ का प्रधानाध्यापक सीताराम ढुङ्गानाले विद्यालयमा अतिरिक्त क्रियाकलाप गरेसँगै विद्यार्थीले विद्यालयको पढाइ समयावधिमा पूरा समय बस्ने भएकाले सिकाइ उपलब्धि बढेको बताए ।
जरहसिंहपौवास्थित कालिकाशरण उमाविका प्रधानाध्यापक प्रमोद प्रधानले प्राथमिक तहमा खेल सामग्रीसँगै पढाउँदा विद्यार्थीको सिकाइमा सहयोग मिलेको बताए ।
शङ्खरापुर–२ चाँपाबोटस्थित चाँपाबोट उच्च माविका प्रअ नारायण धिमालले बालबालिकालाई शैक्षिक सामग्री दिएपछि बालकक्षादेखि कक्षा ३ का बालबालिकाको पढाइमा सकारात्मक परिवर्तन आएको जानकारी दिए ।
शङ्खरापुर नपा–१ देखि ५ सम्मका १४ विद्यालयमा विद्यार्थीलाई विद्यालय समयमा टिकाउनका लागि खेल सामग्री, शैक्षिक सामग्री प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलाप सञ्चालन गरेका छन् ।
ग्लोबल एक्सन नेपालका परियोजना प्रबन्धक दलबहादुर सुनारले खेल सामग्रीका माध्यमबाट पढाउँदा प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने वातावरण निर्माण भएको बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण