एक महिनामै ९ जना बेपत्ता
शनिबार, ११ भदौ २०७३, २१ : ३५
रोल्पा – जिल्लामा साउन एक महिनामै नौ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा छ महिला, दुई बालक र एक पुरुष रहेका छन् । खोजतलासका लागि आफन्तले दिएको निवेदन अनुसार बेपत्ता हुनेहरुमा जेदबाङ गाविस– ३ की ३५ वर्षीया दिलमाया कामी, भावाङ–४ की ५१ वर्षीया चन्द्रकला डाँगी, ह्वामा– ९ की ३५ वर्षीया खुमाकुमारी घर्तीमगर र उहाँका दुई छोरा १२ वर्षीय साजन र सात वर्षीय दिप्लब रहेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
यस्तै बेपत्ता भएका अन्यमा तेबाङ– ८ की २१ वर्षीया थमा पुन, बडाचौर– ९ की १७ वर्षीया हैमला विष्ट र लिबाङ– ७ की २७ वर्षीया अनिता गिरी रहेका छन् । बेपत्ता भएकाहरुको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण