आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भक्तपुरमा पनि भेटियो स्क्रब टाइफसका बिरामी

बिहीबार, १६ भदौ २०७३, १५ : ४०
बिहीबार, १६ भदौ २०७३

भक्तपुर– भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जानकारी दिए  । मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा सर्ने यो रोग दोस्रो विश्व युद्धपछि फेरि देखापरेको उनले बताए  । मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको सङ्क्रमण हुन सक्ने बताउँदै उहाँले उपचारमा ढिलाइ गरे यसबाट ज्यानै जान सक्ने उल्लेख गरे  । यो रोग लागेमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, शरिरमा गाँठा देखिने, टोकेको ठाउँमा खरानी रङ्गको राबर आउने, पछि कलेजो, श्वासप्रश्वास, आन्द्रा, रगतको नली फुटेर ज्यानै जानसक्ने डा जोशीले जानकारी दिए  । यो रोगको सङ्क्रमण भक्तपुरमा पहिलोपटक देखापरेको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिए  । जनचेतनाको अभावले रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले सबैलाई सचेत गराउनुपर्ने बताउँदै सरकारले यो रोगको निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको उनले जानकारी दिए  । भक्तपुरमा यो रोगका बिरामी अरु पनि हुनसक्ने आशंका गर्दै उहाँले अस्पतालमा यसको परीक्षण गर्ने प्रविधि अर्थात् किटको व्यवस्था गर्नु अति आवश्यक भएको डा जोशीले बताए । नेपालमा यो रोगबाट अहिलेसम्म करिब ४०० जना सङ्क्रमित भएको र पाँचजनाको ज्यान गइसकेको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप