नेपालमा ल्याप्रोस्कोपी भित्र्याउने डाक्टर कार्कीको यस्तो छ अनुभव
सोमबार, २० भदौ २०७३, १० : ३८
काठमाडौं -पछिल्लो समय ल्याप्रोस्कोपिका माध्यमबाट गरिने शल्यक्रियाको प्रयोग नेपालमा पनि विस्तारित रुपमा अगाडि बढ्दै गएको छ । उच्च गुणस्तरको लेन्सका माध्यमबाट दुलो पारेर गरिने शल्यक्रिया नेपालका प्रायजोसो अस्पतालले सुरु गरिसकेका छन् । ल्याप्रोस्कोपिका माध्यमबाट गरिने शल्यक्रियाको इतिहास खासै लामो छैन । प्रविधिको विकाससँगै विकसित देशहरुबाट सुरु भएको सेवा यतिबेला नेपालमा पनि प्रयोगमा आएको छ ।
ल्याप्रोस्कोपीका माध्यमबाट गरिने शल्यक्रियाको सुरुवात विश्वमा १९८७ बाट भएको पाइन्छ । पहिलो पटक पिजिकोरेट नाम गरेका व्यक्तिले अमेरिकाबाट ल्याप्रोस्कोपी मार्फत शल्यक्रिया सेवा सुरु गरेका हुन् । उनले पहिलो पटक ल्याप्रोस्कोपिका माध्यमबाट एक महिलाको पित्तथैलीको अप्रेसन गरेका थिए । त्यससँगै सारा विश्वमा यसको प्रयोग भइरहँदा नेपालमा त्यस्ता दक्ष चिकित्सकको अभाव र बढी खर्चिलो प्रविधि भएकाले तत्काल ल्याउने आधार तयार हुन नसकेको चिकित्सकहरुले बताउँदै आएका थिए । जसले गर्दा ल्याप्रोस्कोपीबाट गरिने शल्यक्रियाका लागि आवश्यक सामग्री गाइनोकोलोजीमा नेपाल छिराउन मानेनन् ।
खर्चिलो र आवश्यक तालिम नहुँदा नेपालका चिकित्सकहरुले त्यसको सेवा सुरु गर्न मानेनन् । तर १९९८ तिर चिकित्सक क्षेत्रमा प्रवेश गरेका सर्जनहरुले यसलाई चासो र आश्यकताका रुपमा लिन थाले । जसले गर्दा पित्तथैलीको अप्रेसन गर्ने विषयमा ल्याप्रोस्कोपीका माध्यमबाट गर्ने विषय प्राथमिकतामा पर्दैजान थाल्यो । त्यस सँगसँगै २००१ मा आधिकारिक रुपमा नेपालमा ल्याप्रोस्कोपीका माध्यमबाट अप्रेसन गर्न सुरु गरियो । त्यसको सुरुवात २००१ मा डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले विराट मेडिकल कलेजबाट सुरु गरे । त्यसपछिको अवधिमा कार्कीले ४४ हजार बिरामीको ल्याप्रोस्कोपीका माध्यमबाट सानाठूला गरी सफल शल्यक्रिया गराएका छन् । १२ हजारको बचादानी (ल्याप्रोस्कोपिक हिस्टेक्टोमी) गरिसको डाक्टर कार्कीले बताए ।
सामान्य अप्रेसनदेखि जटिलभन्दा जटिल अप्रेसन आफूहरु दुरपिनका माध्यमबाट गरिने गरेको कार्कीले सुनाए ।
ल्याप्रोस्कोपीका दुई फाइदा
एक
पहिलो कुरा बिरामीलाई अप्रेसन गर्दा हामीले ठूलो चिर्नुपरेन । सानो दुलो बनाएर दुरपिन छिराए पुग्छ । यसरी गर्दा घाउ पनि भएन् । घाउ पाकेन, बिरामीको अस्पताल बसाई एकदेखि दुई दिन मात्रै हुने भयो । खर्चमा कमी हुने भयो । औषधिको प्रयोगमा कमी । हाम्रोजस्तो बेड भन्दा बिरामी सङ्ख्या बढी भएको मुलुकमा छिटो र छरितो सेवा हुँदा समयमै धेरैले सेवा लिन पाउने भए । सानो बच्चाहरुलाई उपचारमा सहज । दुरपिनले अप्रेसन गर्दा कहिलेकाहीँ एउटा रोग सोचेको अर्को रोग पत्ता लाग्न सक्दछ । एकै चोटि दुई वा सोभन्दा बढी रोग देखिएमा त्यसको निदान गर्न सहज हुन्छ ।
दुई
यसको विकास तीव्र गतिमा हुनुमा (एआर्टी) असिस्टेन्ड रिपोर्ट अफ टेक्नोलोजी बाँझोपनाको उपचार गर्दा पहिलो दुरपिनले बच्चादानीलाई हेर्ने । पहिला पहिला अल्ट्रासाउन्डले मात्रै हेर्ने गरिएको थियो । हिस्टोगी साल्पिङ्गो ग्राफी (एचएसजी) भनेको दुष्टहरुले गर्ने प्रविधि भनेर चिकित्सकहरुले नाम दिएका छन् । यो प्रविधिले बिरामीलाई असाध्यै दुख्छ । यसलाई रिफ्लेस डाइग्नोस्टिक ल्याप्रोस्कोपी भन्ने गरिन्छ । जसले नाभीमा सानो दुलो बनाएर हेरिन्छ । बच्चादानी कस्तो छ, ट्युब कस्तो छ, अण्डादानी कस्तो छ भन्ने बारेमा यसले सबै कुरा छर्लङ्ग देखाएको हुन्छ । हिस्टेस्को सानो दुरपिन बच्चादानीमा छिराएर पनि हेरिन्छ ।
अहिले पनि कतिपय चिकित्सकहरुले (एचएसजी) गराउने गरेका छन् तर यो पीडादायी भएकाले गर्न नहुने डाक्टर ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन् । पाठेघर निकाल्न मात्रै अब दुरपिनको प्रयोग हुँदैन । पाठेघर चिरेर पनि गर्न सकिन्छ ।
दुई हजार वर्ष चिरेर अप्रेसन
कार्कीले बिरामीको अप्रेसन गर्दा चिरेर गर्न थालेको २ हजार वर्ष भएको बताए । उनले भने “पाठेघर चिरेर गरेको अप्रेसन पनि १८४८ मा मेन चेस्नलमा भएको हो । हामीले त्यसयता निरन्तर चिरेर नै गरिरहेको हो र चिरेर गर्दा राम्रो पनि गर्छौं । तर यहाँ प्रश्न के आयोभने जब दुरपिनका माध्यमबाट गर्ने अप्रेसन आयो तब हामीले पनि यसको सफल कार्यन्वयन गर्छौं भनेर लागेकै हो ।”
उनले पछिल्लो समय प्रविधिको विकाससँगै दुरपिनको विकास भएको बताए । दुरपिनको विकास हुनुको पछाडि प्रविधिको विकास पनि हो । किनभने लेन्सको विकास चरम रुपमा अगाडि बढिरहेको छ । जति जति प्रविधिको विकास हुँदै छ त्यतित्यति नै ल्याप्रोस्कोपीको विकास भइरहेको छ ।
नेपालको ल्याप्रोस्कोपीमा भर्खर क ख सुरु हुँदै
विराट मेडिकल कलेजबाट पहिलो पटक ल्याप्रोस्कोपी सेवा सुरु भएसँगै हामीले नेपालका विभिन्न ठाउँमा निःशुल्क तालिमहरु दिन थाल्यौं । विश्वमा जसरी यसको सेवा सुविधा व्याप्त छ, नेपालमा हुन सकेको छैन । अझै पनि नेपालका ठूला अस्पतालहरुले भर्खर सुरु गर्न थालेका छन् । नेपालको ल्याप्रोस्कोपीमा भर्खर क ख सुरु हुँदै छ । यो हुनु पनि धेरै राम्रो सफलता हो । हामीले २००१ म मेसिन किनेर ल्यायौं । नेटमा हेरेका थियौं । त्यसैले बिस्तारमा पित्तको अप्रेसन गर्ने तयारी गर्यौं । ल्याप्रोस्कोपी सञ्चालन गर्ने उद्देश्यसहित आफू २००३ मा इन्डिया गएर त्यहाँका विशेषज्ञहरुसँग सिक्ने मौका पाएको कार्कीले जानकारी गराए । आफूहरु दुई वर्षमा ल्याप्रोस्कोपीमा बानी भएको कार्कीले बताए । ल्याप्रोस्कोपीबाट अप्रेसन गर्दा चिकित्सकको हात र आँखाको कोडिनेसन मिल्नु अनिर्वाय हुन्छ त्यसमा आफूहरु बानी भएका थियौं उनले भने । इन्डिायमा भएको एक हप्ताको तालिमपछि म नेपाल आएँ । उनले भने त्यसपछि २००३ बाट आधिकारीक रुपमा नेपालमा ल्याप्रोस्कोपीसम्बन्धी पेपर प्रेजेन्ट गर्न थाले । पहिलो चोटि धरानमा पेपर प्रिजेन्टेसन गर्दा धेरैले विद्वानहरुले काठमाडौंमा नहुने गाउँमा ल्याप्रोस्कोपी हुने भन्दै खिल्ली उडाउन थाले ।
अरुले जे भने पनि आफूले अब कहिल्यै पनि चिरेर अप्रेसन नगर्ने दुरपिनले मात्रै गर्ने अठोट लिएर अगाडि बढे । अन्ततः आज हामी सफल भयौं । आज संसारमा जे अप्रेसन दुरपिनले गर्छ, त्यो नेपालमा पनि भएको छ ।
हामीले ४४ हजारभन्दा बढी बिरामीको ल्याप्रोस्कोपीका माध्यमबाट उपचार गरि सक्यौँ । सबै सफल भए । तर दुई जनालाई भने चाहेर पनि बचाउन सकेनौं, यसमा दुःखी छौं कार्कीले भने । ल्याप्रोस्कोपीका माध्यमबाट गरेको अप्रेसनमा दाग घाउ केही देखिँदैन । चाँडै बिरामी घर जान सक्छन् तर चिरेर अप्रेसन गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता र अरु बिरामीले कम सेवा पाउने हुन्छ ।
ल्याप्रोस्कोपीको खर्च
भारतको राम्रो अस्पतालहरुमा जस्तो मुम्बई, जसलोक, मेदान्ता अस्पतालमा ल्याप्रोस्कोपीको अप्रेसन गर्दा भारु दुई लाख रुपियाँ लाग्दछ । हामीकहाँ अप्रेसन, औषधि सबै गर्दा ४० हजारमा सबै उपचार हुने गरेको छ । यसमा बिरामीले आतिनुपर्ने अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
-
विवेक मण्डलको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
-
बागमतीमा सकसः एमाले सत्ता परिवर्तन र कांग्रेस यही सरकारको निरन्तरताको पक्षमा
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण