आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा एक सयभन्दा बढीमा हैजाको पुष्टि

मङ्गलबार, २१ भदौ २०७३, १५ : १४
मङ्गलबार, २१ भदौ २०७३

काठमाडौँ - काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हैजाको सङ्क्रमण बढेपछि १३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

वर्षा मौसम सुरु भएदेखि देखिएको हैजा अहिले नियन्त्रणका क्रममा रहेको स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशमलाल लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार ललितपुरमा ११०, काठमाडौंँमा १९ र भक्तपुरमा एक जनामा जीवाणुु देखिएको हो । पछिल्लो पटक यही भदौ १७ गते पाँच जनामा हैजा पुष्टि भएको थियो ।

महाशाखाले हैजा देखिएको ठाउँको पानीको परीक्षणका लागि नमुना सङ्कलन गर्दै पानी उमालेर वा शुद्धीकरण गरेर पिउन आग्रह गरेको छ ।

लगातार पातलो दिसा हुने रोगलाई बोलचालका भाषामा झाडापखाला भनिन्छ । रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक जीवाणु पाइएमा त्यसलाई हैजा भनिने चिकित्सक बताउँछन् ।

महा।शाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीका अनुसार हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि दुई घन्टादेखि पाँच दिनसम्ममा देखिन सक्छ । यसको सङ्क्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्छ । समयमै उपचार नपाए बिरामीको मृत्यु समेत हुन सक्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप