आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

रक्सी पिएको एक घण्टाभित्र टाउकोदेखि खुट्टासम्म यस्तो हुन्छ असर

आइतबार, ३० असोज २०७३, १७ : २३
आइतबार, ३० असोज २०७३
रक्सीको ३० मिलिलिटरको एक पेगमा १०० क्यालोरी हुन्छ । लिमिटभन्दा बढि पिउँदा तौल तीव्र रुपमा वृद्धि हुन्छ । तर यसको यही एउटा मात्र नकारात्मक पक्ष भने होइन । खाली पेटमा रक्सी पिउँदा यसले स्वास्थ्यमा ठूलै असर पुर्याउने गर्दछ । जर्नल फिजिशियन दीपक चर्तुवेदीले रक्सी पिएको एक घण्टाभित्र शरिरमा हुने असरबारे जानकारी दिएका छन् । यसका साथै टाउकोदेखि खुट्टाको भिन्न भिन्न अंगमा यसको नकारात्मक असरको बारेमा उनले चर्चा गरेका छन् । रक्सी पिउने बित्तिकै ब्रेन डोपामाइन हर्मोन रिलिज हुन्छ । के गर्दछ डोपामाइनले ? डोपामाएनले रक्तसंचारमा वृद्धि हुन्छ जसले रक्तचापको स्तर बढ्ने गर्दछ । यसका साथै मुटुको घड्कन पनि बढ्ने गर्दछ । जब रक्सीको असर बढ्न थाल्छ, तब... रगतमा सुगरको स्तर कम हुन्छ जसले आँखा धमिलो हुन थाल्छ र फोकस कम हुने गर्दछ । कार्टिसोल हर्मोनको स्तर बढ्छ । यसले तनाव पनि बढाउँछ । रक्सीले मस्तिष्कमा पुर्याउने असरः यसले मस्तिष्क घातको समस्या निम्त्याउन सक्छ र स्मरणशक्तिमा कमी आउँछ । आँखामा असरः आँखा धमिलो हुनसक्छ, रातो हुन सक्छ । मुखः मुखको क्यान्सर हुन सक्छ । गलाः गलाको क्यान्सर हुनसक्छ । गलामा रक्तश्राव पनि हुनसक्छ । फोक्सोः सास फेर्न समस्या हुनसक्छ । मुटुः रक्तचाप बढ्न सक्छ । मुटुको धड्कन एकनाशको हुँदैन । कलेजोः कलेजो बिग्रन सक्छ । यसमा बोसो जम्नसक्छ । पेटः अपचको समस्या हुनसक्छ । एसिडिटी हुनसक्छ । हड्डीः हड्डी कमजोर हुनसक्छ । सजिलै टुट्न सक्छ । मांसपेशीः मांशपेशी कमजोर हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप