आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान

आइतबार, २८ असार २०८३, १३ : ५१
आइतबार, २८ असार २०८३

सारांश

  • राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे आह्वान गरिएको छ ।
  • राहदानी छपाइबारे जानकारी लिन परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बैठकमा बोलाइएको छ ।
  • राहदानी खरिद प्रक्रियामा १० अर्ब १३ करोड रुपैयाँ बराबरको विवादका विषयमा समितिमा कुरा उठेको र उजुरी परेकाले बैठक आह्वान गरिएको हो ।

काठमाडौँ । राहदानी छपाइ प्रकरणमा देखिएका अनियमितताका विषयमा छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक आह्वान भएको छ । समिति सभापति भरतबहादुर खड्काले मंगलबार बिहान ९ बजेका लागि राहदानी छपाइ प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

उनले राहदानी छपाइबारे जानकारी लिन परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बैठकमा बोलाइएको रातोपाटीलाई बताए । 

राहदानी खरिद प्रक्रियामा १० अर्ब १३ करोड रुपैयाँ बराबरको विवाद छ । यस विषयबारे समितिमा कुरा उठेको र उजुरी पनि परेकाले छलफलका लागि बैठक आह्वान भएको सभापछि खड्काले बताए । 

असार २३ गते बसेको समिति बैठकमा राहदानी छपाइ प्रक्रियामा भएको भ्रष्टाचार र अनियमितताको विषय उठेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप