स्क्रब टाइफस रोगबाट कैलालीमा पाँचको मृत्यु
कैलाली - स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ ।
सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दिपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी सार्कीको ज्यान गएको सेती अञ्चल अस्पतालले जनाएको छ ।
इपियोडोमोजी तथा रोग नियन्त्रण महाशाखाले स्क्रब टाइफस परीक्षणका लागि पठाएको १५० टेस्ट कीटबाट रगत परीक्षण गर्दा ९१ जनामा सो रोग भेटिएको सेती अञ्चल अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए।
डाक्टर कमरले रोग नियन्त्रण महाशाखाले दुई पटक गरी १५० थान टेस्ट कीट पठाए पनि त्यसपछि पटकपटक माग गर्दा नपठाएकाले बिरामी पत्ता लगाउन समस्या भएको उल्लेख गरे । मुसा, छुचुन्द्रो प्रजातिको पशुको शरीरमा हुने जुम्राले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गरेको चिकित्सकले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण