९७ श्रीमती, १८५ सन्तान भएका ९२ वर्षे भन्छन्, ‘अझै दुईवटा विवाह गर्छु’
नाइजेरियाका निकै चर्चित बहुपत्नीवादीले आफ्नो मृत्युको खबरलाई अस्विकार गर्दै आफू अहिलेसम्म पनि ‘धेरै नै जिउँदो’ भएको बताउँदै ९२ वर्षको उमेर आइपुग्दा पनि श्रीमतीहरु जोडिरहने बताएका छन् ।
मोहम्मद बेले अबुबाकर नाइजर राज्यको बिदा शहरका निकै विवादास्पद व्यक्ति हुन् जसले १०७ महिलासँग विवाह गरेका छन् । तर उनले १० जनासँग सम्बन्ध विच्छेद गरिसकेको पञ्च पत्रिकाले बताएको छ ।
अबुबाकर बिरामी भएर मृत्यु भएको खबर फैलिएपछि उनलाई नाइजेरियाको पत्रिका ‘भ्यानगार्ड’ ले सम्पर्क गर्दा उनले आफू अहिलेसम्म निकै स्वस्थ भएको जानकारी दिए । उनले आफूले जे गरे, त्यो भगवानको इच्छा बताएका छन् । उनी भन्छन्, ‘म जे गरिरहेको छु, त्यो भगवानको इच्छा हो । यो जिम्मेवारी हो र म यसलाई अन्त्यसम्म निभाउनेछु । मेरो श्रीमतीको संख्या धेरै भन्दा मिल्दैन । मसँग मात्र ९७ श्रीमती छन् ।’
‘द नेशन’ लाई दिएको अन्तर्वार्तामा अबुबाकरले भने, ‘म अझै पनि थप विवाह गर्नका लागि तयार छु । मैले अझै पनि दुई महिलालाई विवाह गर्न भ्याउँछु भन्ने लागेको छ । ’
उनीबारे सबैभन्दा अचम्मको कुरा त के छ भने यति ठूलो परिवारलाई पाल्नका लागि उनीसँग कुनै घोषित आम्दानीको श्रोत छैन । न उनी आफैं केही काम गर्छन्, न त उनका श्रीमतीहरु । केही मानिसहरुको भनाई अनुसार अबुबकरले आफ्ना सन्तानलाई भीख माग्न पठाउँछन् । जब उनलाई यति ठूलो परिवारलाई कसरी पाल्नुहुन्छ भन्ने प्रश्न सोधियो तब उनले सजिलो उत्तर दिए, ‘सबै कुरा भगवानको तर्फबाट आउँछ ।’
८६ जनासँग विवाह गरेको भनी उनले सन् २००८ को अगस्टमा अन्तर्राष्ट्रिय ख्याती पाएका थिए । त्यतिबेला उनले फिल्मका क्रु र पत्रकारहरुलाई भगवानले यसो गर्ने आदेश दिएकाले यति धेरै विवाह गरेको बताएका थिए । मुस्लिम धर्मगुरुले उनीमाथि धार्मिक कानून तोडेको आरोप लगाए । धेरैजसो विद्वानले उनले चारजना श्रीमती मात्र राख्न पाउने बताए । तर उनले कुरानमा धेरै श्रीमती ल्याउनेलाई कारवाही हुने कुरा कतै लेखिएको छैन भन्दै पानी माथिको ओभानो बन्न खोजे ।
पत्रकारहरुसँग कुरा गरेर तनावको माहौल सृजना गरेको भन्दै स्थानीय सारिया अदालतले उनलाई सन् २००८ मा पक्राउ गर्यो । आफ्नो ८६ वटा श्रीमतीमध्ये ८२ जनालाई सम्बन्धविच्छेद गर्ने शर्तमा अदालतले उनलाई सन् २००८ को नोभेम्बरमा रिहा गरिदियो । तर उनले यसो गरेनन् ।
अझ उनले आफ्नो विवाहको श्रृङ्खलालाई जारी राख्दै श्रीमतीको संख्यालाई ८६ बाट १०७ सम्म पुर्याए ।
अबुबाकरले अरु मानिसहरुलाई आफ्नो अनुसरण नगर्न सुझाएका छन् । उनी भन्छन्, ‘साधारण मानिस १० श्रीमतीसँग बस्न सक्दैनन् ।’ उनको दाबी यो छ कि उनी इश्वरीय शक्तिका कारण आफ्ना यति धेरै श्रीमतीलाई नियन्त्रण गर्न सक्छन् । जसले उनका श्रीमतीहरुको संख्या कम देख्न चाहन्छन् उनीहरुले भगवान विरुद्ध युद्ध सुरु गरेको अबुबाकरको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण