नमिलेका ब्रा लगाउँदा हुने बेफाइदाहरु
एजेन्सी – अधिकांश महिलाले विचार नै नपु¥याईकन ब्रा किन्ने गर्छन् । ब्राकै कारण शरीरमा असहज भयो भनेर पनि त्यति चासो देखाउँदैनन् वा औषधी उपचार पनि गर्दैनन् । बरु पीडा सहन्छन् । विज्ञहरुका अनुसार फिटिङ नमिलेको ब्राले महिलाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको हुन्छ ।
फिट नहुने ब्रा लगाउँदाका बेफाइदा :
इन्फेक्सनको खतरा यदि तपाईको काँधमा नीलो डाम वा छाला कोतरिएको छ भने निश्चय नै तपार्इंले आफूलाई नमिल्ने ब्रा लगाउनुभएको छ । यस्तो अवस्थामा तपार्इंमा संक्रमण इन्फेक्सनको खतरा हुन्छ ।
टाउको दुख्ने स्तनको आकार मिलाउन वा स्तनलाई आकर्षक ढंगले सजाउन ब्रा लगाइन्छ । फिट नभएको ब्राले तपाईंको स्तनलाई अड्याउँदैन, जसका कारण घाँटी र पछाडीको मांसपेशीमा अनावश्यक दबाब पर्न जान्छ । यसले घाँटीमा हुने रक्तप्रवाहलाई रोकिदिनुका साथै साथै तपाईंको घाँटीको मांसपेशीमा बढी भर पर्दा टाउको दुख्ने गर्छ ।
श्वासप्रश्वासमा समस्या नमिलेको वा बढी कसिलो ब्राले छाती वरपरको भागमा डाम बसाल्नुका साथै श्वास फेर्नसमेत कठिनाइ हुन्छ । कहिलेकाहीँ पाखुरामा पिनले घोचेजस्तो सेदना त महसुस गर्नुभएको छैन ? यदि हो भने यो सबै फिट नभएको ब्राको परिणाम हो ।
रक्तप्रवाहमा समस्या नमिलेको ब्रा लगाउँदा छातीका दुई ठूला मांसपेशीमा हुने दबाबले रक्तप्रवाहमा समस्या ल्याउँछ ।
शरीरको आकृति नै बिग्रने ब्राले कहिलेकाहीँ तपाईंको शरीरको अवस्था र स्वरुपमा पनि प्रभाव पार्छ । नमिलेको ब्रा लगाउँदा तपाईंको कुम कुप्रो परी शरीरको आकृति नै बिग्रेको देखाउँछ ।
पेट दुख्ने सुन्दा अचम्म लाग्न सक्छ तर कतिपय अवस्थामा तपार्इंले लगाएको असन्तुलित ब्राले पेटमा गडबडी हुनुका साथै बारम्बार पेट दुख्ने र पखालासमेत लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण