आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

यी पाँच गल्तीले बढाउँदैछ तपाईंको तौल

आइतबार, ०७ कात्तिक २०७३, १० : ५२
आइतबार, ०७ कात्तिक २०७३

आजकालको भागदौडले भरिएको जिन्दगीमा गलत जीवशैलीका कारण धेरैजसो मानिसहरुको तौल बढ्न थाल्छ । मानिसहरु धेरैलाई सही के हो र गलत के हो भन्ने बुझ्दैनन् । हामी तपाईंले गर्नुभएको गल्तीको बारेमा जानकारी दिँदैछौं जसले तपाईंको तौल बढ्न सहयोग गर्दछ ।

मानिसहरु हतारमा बिहानको नास्ता गर्दैनन् । नास्ता नखाँदा तौल घट्न भन्ने विश्वास गर्छन् तर यसको असर ठिक विपरित हुन्छ । धेरैजसो मानिसहरु पानी कम खान्छन् जसका कारण उनीहरको तौल बढ्न थाल्छ त्यसकारण यदि तौल घटाउन चाहनुहुन्छ भने याद राख्नुहोस् दिनमा कम्तीमा पनि २ लिटर पानी पिउनुहोस् । यदि तपाईं आफ्नो निन्द्रा पूरा गर्नुहुन्न भने यो तपार्ईंको लागि खतराको घण्टी हो किनभने यदि तपाईंको निन्द्रा पुग्दैन भने तपाईंको तौल बढ्न सक्छ । व्यायामको विषयमा मानिसहरु धेरैजसो लापवाही गर्छन् तर तपाईंको लापरवाही तपार्ईंमाथि नै भारी पर्नसक्छ त्यसकारण हरेक दिन कम्तीमा पनि ३० मिनेटको व्यायाम गर्नुहोस् वा टहल्नुहोस् । उच्च क्यालोरीयुक्त खानेकुरा खानबाट बच्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप