आजकालका महिला के कम ? पिउँछन् पुरुष जत्तिकै रक्सी र रम
रक्सी पिउने मामलामा महिलाहरु पुरुषको बराबरीमा आइपुगेको एक ताजा सर्वेक्षणले बताएको छ ।
सन् १८९१ देखि २००१ सम्म जन्मेका ४० लाख मानिसमा गरिएको सर्वेक्षणका अनुसार महिलाको तुलनामा पुरुषहरुले रक्सीजन्य पदार्थको सेवन बढी गर्ने भएकाले उनीहरुको स्वास्थ्यमा समस्या देखिने गरिन्थ्यो ।
तर आजकालका महिला पुरुषभन्दा कम देखिएका छैनन् । पेय पदार्थको उपभोग गर्नेमा महिला र पुरुषको संख्या लगभग बराबरी छ, बीएमजे ओपन रिपोर्टले बतायो ।
महिला र पुरुषको समाजप्रतिको परिवर्तित दायित्वले उनीहरुको पिउने शैलीमा परिवर्तन आएको बताइएको छ ।
अनुसन्धान अनुसार सन् १९०० को सुरुवातमा जन्मिएका पुरुषहरुः – महिलाभन्दा दोब्बर रक्सी पिउने (२.२ गुणा बढि) – महिलाभन्दा तीन गुणा बढि समस्या निम्तिने गरी पिउने – पिउने बानीका कारण ३.६ गुणा बढि स्वास्थ्यमा समस्या निम्तिने ।
तर एक दशकपछि जन्मिएका पुरुषहरुले भनेः – महिलाभन्दा १.१ गुणा बढि रक्सी पिउने – समस्या निम्तने गरी १.२ गुणा बढि पिउने गरेको – स्वास्थ्यमा समस्या देखिने गरी १.३ गुणा बढि पिएको
अष्ट्रेलियाको न्यू साउथ वेल्स विश्वद्यालयको एक समूहले संसारभरीबाट आएको डाटालाई विश्लेषण गरेका थिए ।
उनीहरु भन्छन्, ‘ इतिहासदेखि नै पेय पदार्थ र यसबाट निम्तिने समस्यामा पुरुषहरुमात्र पर्छन् भन्ने मान्यता थियो यद्यपी नयाँ अनुसन्धानका अनुसार महिलाहरुलाई पनि पेय पदार्थको नकारात्मक पक्ष बारे जानकारी दिनुपर्नेमा जोड दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
-
जर्मनीमा इन्जिनियरको रोजगारी संकट : ५० आवेदन दिँदा पनि जागिर पाएनन्
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण