आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

यसो गर्नुहोस्, मोटरसाइकल सफा र चम्किलो बनाउन…

मङ्गलबार, ०९ कात्तिक २०७३, १४ : ३५
मङ्गलबार, ०९ कात्तिक २०७३

सफा र चम्किलो मोटरसाइकल चलाउने चाहना कसलाई हुँदैन र ? यस्तो मोटरसाइकल चलाउँदा आत्मविश्वास पनि वृद्धि हुन्छ । तर, चाहना राखेर मात्रै हुँदैन । मोटरसाइकल सफा र चम्किलो बनाइराख्न सफा गर्ने तरिका पनि जान्न जरुरी छ । वासिङ सेन्टरमा नलगी घरैमा मोटरसाइकल सफा र चम्किलो बनाउने तरिकाबारे कायस्थ मोटर्सका नसिब कायस्थका सुुझाब यस्ता छन्ः

पानीले मजाले धोएपछि मोटरसाइकलको कुनाकाप्चामा भएको पानीलाई सफा तथा सुक्खा कपडाले पुछ्नुपर्छ । बाइकलाई पूरै सुक्खा बनाउनु अत्यन्त आवश्यक छ । ब्याट्री, इन्जिन, प्लग एरियामा पानीका थोपा रहिरहन सक्छ ।

सुक्खा नबनाउँदा बोल्ट भएका स्थानमा खिया लाग्ने सम्भावना रहन्छ ।बाइकमा लागेको धुलोमैलो सफा गर्न सबैभन्दा पहिला पानीले मजाले सफा गर्नुपर्छ । पानीसँगै स्याम्पु लगाएर रगडेर बाइक पुछ्नुपर्छ ।

स्याम्पुको प्रयोगले धेरै परिश्रम नगरीकनै मोटरसाइकलमा लागेको हिलो तथा मैलोको दाग सफा हुन्छ । रगड्नलाई भने फम प्रयोग गर्न सकिन्छ । तर, पानी धेरै छ्याप्दा इलेक्ट्रिकल पार्टस्मा धेरै नपरोस् भन्नेमा भने सचेत हुनुपर्छ ।

बाइकलाई सफा गरेपछि चम्किलो बनाउन आफैँले पोलिसिङ गर्न सकिन्छ । यसका लागि वाक्स पोलिस या अन्य रेगुलर पोलिस रोज्न सकिन्छ । फमको सानो टुक्रामा पोलिस राखेर त्यसलाई पूरै फर्मभरी पर्ने गरी मिच्ने । त्यसपछि पूरै बाइकमा एकपटक लगाएर करिब १५ मिनेट त्यतिकै सुक्न दिने ।

त्यसपछि अन्तमा पोलिसलाई सुक्खा कपडाले पुछ्ने । यसरी थोरै मिहिनेत गर्दा पनि बाइकलाई घरैमा सोरुमबाट भर्खरै निकालेकोजस्तो चम्किलो बनाउन सकिन्छ । यस्तो बाइक चलाउनुको मज्जा नै अर्कै हुन्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप