ढुसी लागेको खाना किन खतरनाक हुन्छ ?
माइकोटोक्सिन (ढुसीजन्य विषाक्ति) शब्द ग्रीक शब्द माइकस ढुसी तथा ल्याटिन शब्द टोकसिकम विषाक्तिबाट व्युत्पन भएको मानिन्छ । यिनीहरु विषाक्ति गराउने सूक्ष्म ढुसीबाट उत्पादित हुन्छन् । यिनीहरु विविध बाली बोट–बिरुवा तथा पशुपक्षीको दाना बनाउँदा प्रयोग गरिने वनस्पतिजन्य सामग्रीजस्तै धान, मकै, गहुँ, धानको दुधेकनीका, बदामको पिना, तीलको पिना, सूर्यमुखीको पिना, तोरीको पिना, भटमासको पिना, शरीरमा चयापचय हुन्छ निस्कने सहायक उत्पादको रुपमा मानिन्छ । प्रायः साना अन्न गहँु, जौ, धानहरु ढुसीबाट कम प्रभावित हुने गर्छन् भने मकै बढी प्रभावित हुन्छ । हालसम्म ३००/४०० जति ढुसीजन्य विषाक्ति पहिचान गरिएको छ तर सबैले पशुपक्षी मानवलाई असर गरी रोगी बनाउँदैनन् तर यीमध्य एफलाटोकसिन, ओरका टोकसिन फयुमोनिसिन, भोमिटोकसिन, ट्राइको थेसेन, जेरालेनोन, टि–टोकसिनजस्ता ढुसीजन्य विषाक्तिले भने पशुपक्षी मानवको स्वास्थ्य अवस्थामा दीर्ध तथा जीर्ण खाले असर पुर्याउने गर्छ । यी ढुसीजन्य विषाक्ति खासगरी फयुजारियम एसपरजीलस तथा पेनीसिलियम प्रजातिबाट उत्पत्ति हुन्छन् । फयुजारियमलाई खेतमा बालीनाली तथा बोटबिरुवामा सङ्क्रमण गराउने ढुसी मानिन्छ भने एसपरजीलस तथा पेनीसिलियम प्रजातिलाई बाली बिरुवाबाट उत्पादित अन्न तथा दाल, तेलहनका गेडाहरु भण्डारन गर्दा सङ्क्रमण गराउने ढुसी मानिन्छन् । यस बाहेक यी ढुसीले उपरोक्त अनुशारका सामाग्री प्रयोग गरी तयार पारिएको दाना भण्डारन गर्दा समेत प्रदूषित गराउँछ । ढुसीजन्य विषादीले तीन किसिमको वंशानुगत विकृति गराउँछ । कारसियोजेनिक, भ्युटोजेनिक, टेराटोजेनिक यसबाहेक, कोशिकाजन्य विषाक्ति तथा रोग प्रतिरोधक क्षमतामा ह्रास गराउँछ । ढुसीजन्य विषाक्तिले अन्य खाले रोगप्रति ग्रहणशीलता पनि बढाउँछ । ढुसी परेका बदाम तथा मकैमा ‘अफ्लाटोक्सिन’ नामक ढुसीजन्य विष हुन्छ । यसले कलेजो र मृगौलाको क्यान्सर हुन सक्छ । गहँु, जौ, कफिजस्ता खाद्य पदार्थमा ढुसीको सङ्क्रमण भएमा ओक्राटोक्सिन नामक ढुसीजन्य विष बन्छ । जसका कारण कलेजो, मृगौला तथा मूत्र नलीमा क्यान्सर हुन सक्छ । गहँु, जौ र मकैमा ‘डिअक्सीनिभालिनोल’ वा ‘निभालिनोल’ भनिने ढुसीजन्य विष पैदा हुन्छ । जसको कारण पेट र आन्द्रामा आन्तरिक रक्तश्राव हुन सक्छ । ढुसी परेको मकैमा फ्युमोनोसिन नामक ढुसीजन्य विष पनि बन्न सक्छ, जसको कारण पुड्कोपना तथा कलेजोको क्यान्सरसम्म गराउन सक्छ । ढुसी परेको स्याउमा पाटुलिन नामक ढुसीजन्य विष हुन्छ, जसले आन्द्राभित्र रक्तश्राव गर्ने र क्यान्सरसम्म गराउन सक्छ । ढुसी परेको मकै, गहँु, जुनेलोजस्तो खाद्यान्न बालीमा जिरालिनोन भनिने विष हुन सक्छ । यस प्रकारको ढुसीजन्य विषले मानव स्वास्थ्यमा बाझोपना, गर्भ तुहिने लगायत क्यान्सरजस्ता प्राणघातक रोग लाग्न सक्छ ।
ढुसीजन्य विषले कसरी काम गर्छ ? ढुसी परेमा खाद्यान्न वा फलफूलबाट बनेका खाद्य वस्तुमा ढुसीजन्य विष माइकोटोक्सिन रहेको हुन्छ । ढुसी परेका खाद्यान्नबाट बनेका पहुआशार वा दाना पदार्थ पशुलाई खुवाउँदा विषको अवशेष पशुपक्षीजन्य उत्पादन, जस्तै मासु, अण्डा, दूधलगायतबाट मानव भोजनमा प्रवेश गर्छ । खाद्यान्न भण्डारण राम्रोसँग नभएमा घुन, कीरा, चरा, मुसा आदिबाट खाद्यान्न नस्ट हुनुका साथै त्यस्ता खाद्यान्नमा ढुसीको सङ्क्रमण बढ्न गई ढुसीजन्य विषको जोखिम बढ्ने गर्छ । खाद्य प्रशोधन गर्दा सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ । अन्यथा त्यस प्रकारका खाद्य वस्तुहरुमा ढुसी सङ्क्रमण हुन गई ढुसीजन्य विष बन्ने जोखिम बढ्छ ।
कति खतरनाक छ, माइकोटोक्सिन ? सन् १९६० ताका बेलायतमा विभिन्न पक्षीपालन फर्ममा एक लाखभन्दा बढी टर्की चराको अचानक मृत्यु भयो । यस सम्बन्धमा वैज्ञानिक अनुसन्धान हुँदा सन् १९६१ मा आस्परजिलस फ्लाभस नामक ढुसीको कारण पक्षीको दाना विषादी भएको ठहर गरियो र उक्त विषलाई सर्वप्रथम अफ्लाटोक्सिन नाम दिइयो । करिब चार सय प्रकारका माइकोटोक्सिन हालसम्म वैज्ञानिक तवरले पहिचान भइसकेका छन् । अत्यधिक मात्रामा अफ्लाटोक्सिनयुक्त दूषित खाद्य पदार्थ खानाले मानिस वा पशुको ज्यान तत्कालै जान सक्छ, जसलाई अफ्लाटोक्सिकोसिस भनिन्छ । खाद्य तथा कृषि सङ्गठनको एक प्रतिवेदनअनुसार संसारभर करिब २५ प्रतिशत खाद्यान्न ढुसी सङ्क्रमित भई माइकोटोक्सिनयुक्त भएको जनाइएको छ । जसको कारण अफ्रिका, दक्षिण अमेरिका र एसियाका करिब ५० करोड जनसङ्ख्या माइकोटोक्सिनको उच्च जोखिममा रहेको जनाइएको छ । ढुसीजन्य विष सामान्य तापक्रममा पकाउँदा नस्ट नहुने भएकोले त्यस्ता खाद्य वस्तु खानामा प्रयोग गर्नु हुँदैन । ढुसी लागेका खाद्य वस्तुलाई सकभर आगोमा जलाएर नस्ट गर्नुपर्छ । सन् २००४ मा अफ्रिकी राज्य केन्याको ग्रामीण इलाकामा अत्यधिक अफ्लाटोक्सिनयुक्त मकै खानामा प्रयोग हुँदा १२५ जनाको मृत्यु भएको थियो । सन् १९७० मा पश्चिम भारतमा समेत अत्यधिक ढुसीयुक्त मकै खानामा प्रयोग हुँदा कम्तीमा ९७ जनाको ज्यान गएको थियो ।जोगिने उपाय ? अन्नबाली जस्तै मकै, धान, गहुँ, जौ आदि पाकेपछि सफा मौसममा मात्र बाली भिœयाउने गर्नुपर्छ । खाद्यान्नबाली भण्डारण गर्नुअघि चर्को घाममा राम्ररी सुकाउनुपर्छ । राम्ररी नसुकेको खाद्यान्नमा ढुसीपर्ने सम्भावना रहन्छ । खाद्यान्नलाई राम्ररी केलाई बनाई (निफन्ने, बत्ताउने, छान्ने आदि) गरेर मात्रै भण्डारण गर्नुपर्छ । खाद्यान्नबाली भण्डारण गर्दा सरसफाइका साथै सुधारिएका भकारीको प्रयोग गर्नुपर्छ । स्याउजस्ता फलफूल टिप्दा वा ढुवानी गर्दा बाह्य ठक्कर वा चोटपटक नलाग्ने गरी सुरक्षित तवरले गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थल क्षेत्रमा दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न प्रहरीले रोक्यो
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण